विद्यालयमा ‘जङ्क फुड’ निषेध « Khabarhub

विद्यालयमा ‘जङ्क फुड’ निषेध


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ ।

केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।

सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ ।

सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ । सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ३० बजे

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक