मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ « Khabarhub

मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने ‘सुवेदी कान्छो’ भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले सुवेदीलाई पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट पक्राउ गरेको हो । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै श्रीलङ्का पुर्‍याएर अलपत्र पारेका थिए ।

काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्लीबाट पुर्‍याइएकी ती महिलालाई सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलङ्काली प्रहरीले फेला पारेको थियो ।

अवैधरूपमा त्यहाँ पुगेकी ती महिलालाई श्रीलंकाली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।

ती महिला श्रीलङ्काको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्काइएको ब्यूरोले जनाएको छ ।

महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो । ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ०२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना