ओली सरकारका तीन वर्ष, ठूला गफ, शुन्य परिणाम : पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

ओली सरकारका तीन वर्ष, ठूला गफ, शुन्य परिणाम : पूर्वप्रधानमन्त्री भट्टराई


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली सरकारका तीन वर्ष ठूला गफ र शुन्य परिणाममा व्यतित भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सरकारका तीन वर्ष ठूला गफ र शून्य प्रगतिमा बितेको टिप्पणी गरेका हुन्।

‘कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ,’ डा. भट्टराईले भनेका छन्, ‘दुईतिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसनजस्तो मात्रै रह्यो !’

उनले अगाडि भनेका छन्, ‘देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् !’

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : १५ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार