‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’ को तयारी « Khabarhub

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’ को तयारी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२१’ आयोजना हुने भएको छ । यो अवार्ड स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अध्यक्ष बालकृष्ण पोखरेलले गत वर्ष कोभिड–१९ का कारण अवार्ड आयोजना गर्न नसकिएकाले सो वर्षको अवार्ड गाभेर ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२१’ गर्न लागिएको पनि बताए ।

अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, लोक, लोकदोहोरी, पप, लोकपप, फिल्म, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरु सहभागी हुन पाउने छन् ।

यस्तै फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

आयोजकका अनुसार अवार्डमा सहभागी हुन चाहने गीतसंगीत तथा फेसन कार्यक्रम गत १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सम्पन्न तथा रिलिज भएको हुनुपर्नेछ ।

अवार्डमा संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ प्रदान गरिनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : १० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान