‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’ को तयारी « Khabarhub

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’ को तयारी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२१’ आयोजना हुने भएको छ । यो अवार्ड स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अध्यक्ष बालकृष्ण पोखरेलले गत वर्ष कोभिड–१९ का कारण अवार्ड आयोजना गर्न नसकिएकाले सो वर्षको अवार्ड गाभेर ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२१’ गर्न लागिएको पनि बताए ।

अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, लोक, लोकदोहोरी, पप, लोकपप, फिल्म, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरु सहभागी हुन पाउने छन् ।

यस्तै फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

आयोजकका अनुसार अवार्डमा सहभागी हुन चाहने गीतसंगीत तथा फेसन कार्यक्रम गत १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सम्पन्न तथा रिलिज भएको हुनुपर्नेछ ।

अवार्डमा संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ प्रदान गरिनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : १० बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा