ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा छन् : प्रचण्ड « Khabarhub

ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा छन् : प्रचण्ड


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– ​पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा रहेका ९० प्रतिशत सांसद्‌हरू नै प्रतिनिधि सभा विघटनकाविरुद्ध रहेको दाबी गरेका छन्‌।

प्रचण्डले आफूले नै कोठामा राखेर ओलीका पक्षका सांसदहरूलाई सोधेको र उनीहरूले गुटमा रहेकाले बोल्न गाह्रो भएको बताएको दाबी गरेका हुन्‌।

‘केपीजीका पक्षमा भएका प्रतिनिधि सभाका ९० प्रतिशत सांसदहरू संसद विघटनका विरुद्ध छन्’, प्रचण्डले भने, ‘बिचरा ! उहाँहरूलाई बोल्न गाह्रो भएको छ। गुटमा भइयो, गुट भन्ने चिज खतरनाक हो क्या !’

९० प्रतिशत सांसदले केपी ओलीले बर्बाद पारेको भन्ने पक्षमा रहेको उनको दाबी छ। ‘साँच्चै मन परेको छ त तपाईलाई भनेर मैले कोठामा राखेर उहाँहरूलाई सोधेँ’, उनले भने, ‘हुँदाखाँदाको दुई वर्षका सांसद पद गयो, अब जितिने सम्भावना पनि एकदमै कम छ, यो त घात भएको छ भन्ने सबैलाई नै लागेको छ।’

७० वर्ष लडेर आएको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई रक्षा गर्नु पहिलो प्राथमिकता भएको उनले बताए। गणतन्त्रको आन्दोलनलाई अस्वीकार गर्ने व्यक्तिको हातमा नै गणतन्त्रको व्यवस्था पुगेको भन्दै उनले निर्वाचनका बेला बनाइएको घोषणापत्र अनुसार काम गर्न नसकिएको बताए।

‘संविधानको पक्षधर र राम्रो दिमाग भएका मान्छेहरू संसद विघटन गर्ने कामको विरोधमा छन्’, उनले भने, ‘केपीको समूह बाहेक सबै दलहरू पनि एकमत नै छन्।’

राजनीतिक स्थायित्वकै लागि भनेर तत्कालिन एमालेसँग पार्टी एकीकरणको प्रस्ताव आफूले लगेको उनले दाबी गरे।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ११ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप