अपडेट : भारतको बाणसागर नहरमा बस खस्दा ज्यान गुमाउनेको संख्या २५ पुग्यो | Khabarhub Khabarhub

अपडेट : भारतको बाणसागर नहरमा बस खस्दा ज्यान गुमाउनेको संख्या २५ पुग्यो


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको मध्यप्रदेशस्थित बाणसागर नहरमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । बसमा ५४ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सात जनाको जीवितै उद्दार गरिएको छ भने २५ जनाको शव निकालिएको छ । नहरमा बेपत्ता भएका २२ जनाको खोजी भइरहेको छ ।

मंगलबार बिहान साढे सात बजे उक्त दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

सिधी मार्गबाट छुहिया उपत्यका हुँदै उक्त बस सतना भन्ने स्थान जाँदै थियो । सडकमा ट्राफिक जाम भएपछि चालकले रुट परिवर्तन गरी नहरको किनारबाट बस चलाउने क्रममा दुर्घटना भएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : २६ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै