अपडेट– भारतको बाणसागर नहरमा बस खस्दा ज्यान गुमाउने संख्या ४२ पुग्यो « Khabarhub

अपडेट– भारतको बाणसागर नहरमा बस खस्दा ज्यान गुमाउने संख्या ४२ पुग्यो


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको मध्यप्रदेशस्थित बाणसागर नहरमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । बसमा ५४ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सात जनाको जीवितै उद्दार गरिएको छ भने ४२ जनाको शव निकालिएको छ । नहरमा बेपत्ता भएकाको खोजी भइरहेको छ । बस चालकले पौडिएर ज्यान बचाएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुनेमा १२ जना विद्यार्थी पनि रहेका छन् । नहरमा पानीको तीव्र बहावका कारण मृत्यु भएकाहरुको शव घटनास्थलभन्दा टाढा टाढा भेटिएको थियो । अहिले नहरको पानी बन्द गरिएको छ ।

मंगलबार बिहान साढे सात बजे उक्त दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । २२ फिट गहिरो नहरमा बस खसेको हो ।

सिधी मार्गबाट छुहिया उपत्यका हुँदै उक्त बस सतना भन्ने स्थान जाँदै थियो । सडकमा ट्राफिक जाम भएपछि चालकले रुट परिवर्तन गरी नहरको किनारबाट बस चलाउने क्रममा दुर्घटना भएको हो । ३२ जनाको सिट क्षमता भएको उक्त बसमा ५४ जना यात्री सवार थिए ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले मृतकका परिवारलाई पाँच लाखका दरले सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १ : ४६ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका