शेयर बजारमा नयाँ रेकर्ड, १० अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, १० अर्ब बढीको कारोबार


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अंकको वृद्धि भई ऐतिहासिक उचाईमा पुगेको छ ।

आज ११ बजे २५८६.०१ को बिन्दुबाट सुरु भएको नेप्से परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १५.५० अंकले बढेर २६०१.५१ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ ।

परिसूचक ०.६० प्रतिशतले बढेको हो । नेप्से दोहोरो अंकले बढे पनि कारोबारका १२ उपसमुहमध्ये ८ उपसमुह ओरालो लागेका छन् र बाँकी ४ उपसमुह मात्र उकालो लागेका हुन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर ७६ हजार ४९३ पटक खरिद बिक्री हुदाँ १० अर्ब ३ करोड ५४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नबिल बैंकले ५२ करोड ९९ लाख ९६ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ । आज सबै भन्दा धेरै चन्द्रगिरि हिल्सका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका हुन्।

त्यस्तै नेपाल इन्फास्ट्रक्चर बैंक, मिरमिरे लघुवित्त, कर्पोरेट डेभलेपमेण्ट बैंक लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने शाधना लघुवित्त, पाँचथर पावर कम्पनी, वरुण हाइड्रोपावर, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ३ : ५९ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन