भारतको सिधीमा बस नहरमा खस्यो, ३८ जनाको मृत्यु « Khabarhub

भारतको सिधीमा बस नहरमा खस्यो, ३८ जनाको मृत्यु


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको मध्यप्रदेशस्थित सिधीमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ ।

बस नहरमा खस्दा ३८ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । बस दुर्घटनामा घाइते भएका ७ जनाको उद्धार गरिएको छ ।

पानीले भरिएको नहरमा बस खस्दा पुरै भाग डुबेको जनाइएको छ । गोताखोरहरुले उद्धार कार्य जारी राखेका छन् ।

दुर्घटनामा परेका मध्ये अझै केही बेपत्ता रहेको र उनीहरु खोज जारीरहेको जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : २८ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका