नेपालमा निशानको नयाँ एसयुभी ‘निशान म्यागनाइट’ सार्वजनिक गरिँदै « Khabarhub

नेपालमा निशानको नयाँ एसयुभी ‘निशान म्यागनाइट’ सार्वजनिक गरिँदै


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पायोनियर मोटो कर्पले यही फागुन १० गते निशानको नयाँ एसयुभी निशान म्यागनाइट सार्वजनिक गर्ने भएको छ ।

नेपालमा निशान गाडीका अधिकारिक वितरकले सो दिन गाडीसँगै मूल्य पनि सार्वजनिक गर्दै छ ।

नयाँ म्यागनाइट देशभरका शो–रुममा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । गाडीमा कार पारखीले ‘जापानमा इन्जिनियरिङ गरिएको, भारतको प्रेरणा पाएको’ एसयुभीको अनुभूति लिन पाउने बताइएको छ ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाका अनुसार नयाँ निशान म्यागनाइटको लन्च निशान गाडीको नेपाल बजार र मूल्यवान् ग्राहकप्रति प्रतिबद्धताको प्रतीक हो । बिग, बोल्ड, आकर्षक र कयारेज्माटिक एसयुभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतीक्षारत ग्राहकका लागि थुप्रै अफर दिइने छ ।

निशानको ‘विश्वका लागि भारतमा बनेको’ अभियान विश्वभरि फैलाउने क्रममा पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ । निशान म्यागनाइट भारतपछि नेपालमै लन्च गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ३४ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर