भारत बस दुर्घटना अपडेट : मृतकको संख्या ४२ पुग्यो, उद्धार जारी « Khabarhub

भारत बस दुर्घटना अपडेट : मृतकको संख्या ४२ पुग्यो, उद्धार जारी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको मध्य प्रदेशमा आज बिहान बस नहरमा खस्दा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

मध्य प्रदेशको सिधी जिल्लाको रामपुरस्थित ३० फिट गहिरो शर्दा नहरमा बस खसेको हो । हालसम्म नहरबाट ४२ जनाको शव निकालिएको बीबीसी हिन्दीले जनाएको छ ।

बसका यात्रुमध्ये ७ जनाको उद्धार गरिएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएकाको परिवारलाई जनही दुई लाख भारु राहत दिने घोषणा गरेका छन् ।

उनले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन ।

जिल्ला प्रशासनले क्रेनको मद्दतले नहरमा डुबेको बस बाहिर निकालिएको जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ४३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने