ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन जरुरी : नेता पौडेल « Khabarhub

ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन जरुरी : नेता पौडेल


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल  समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले मुलुकलाई नै संकटमा पार्ने गरी ओलीबाट भएको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका हुन ।

नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो स्टेप नचालेको पनि दाबी गरे । पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको तर्क गरे ।

साक्षात्कारमा कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भनेर आफ्नो पार्टीले पहिल्यै नै ठहर गरेको र अहिले संघर्षमै रहेको बताए ।

उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएन भने देश अन्धकारतर्फ धकेलिनेमा चिन्ता व्यक्त गरे ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने तर, त्यसको लागि अहिलेको व्यवस्था नै गलत हो भनेर दलहरुले विचार गर्नुपर्ने बताए ।

अहिलेको राजनीतिक समस्या/संकटको समाधान अब संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : ५८ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा