तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह « Khabarhub

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए। हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि कसैले ‘डिएनए’ नमूना नदिएको उनले बताए ।

बाढीले बगाएका शवमध्ये तनहुँ जिल्लाका आँबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीबाट हालसम्म ३९ शव फेला परेका छन् । तीमध्ये २४ शव पोखरा पठाइएको थियो भने १५ शव व्यास नगरपालिका-५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ ।

यसैबीच, तनहुँ घर भएका ३३ जना व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आएका छन् । बाँकी व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले काम गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ७ : २० बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा