नेपाली महिलालाई श्रीलंकामा बेचेको आरोपमा भेटवाल पक्राउ « Khabarhub

नेपाली महिलालाई श्रीलंकामा बेचेको आरोपमा भेटवाल पक्राउ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव बेचबिखनको अभियोग लागेकी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलङ्का पुर्‍याएको बेचेको अनुसन्धानबाट खुलेको हो ।

त्यहाँको मिनुवाङ्गोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलङ्काको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलङ्कास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते ती महिलालाई नेपाल फर्काइएको थियो ।

उक्त घटनामा संलग्न रही फरार अभियुक्त प्याकुरेललाई प्रहरीले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

अभियुक्तविरुद्ध आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ३३ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह