सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति नन्दबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शाहीको यही फागुन ३ गते निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍एको योगदानको स्मरण गर्दै शाहीको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।

विसं २००२ पुस १४ गते जन्मिएका शाही विसं २०५१ मा जिल्ला कार्यसमिति दैलेखको पार्टी सभापति थिए । उनी विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र सुकुम्वासी आयोग दैलेखको पूर्वउपाध्यक्ष भएका थिए ।

स्व. शाहीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ५४ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले