महिला लिग फुटबल : चौदण्डीगढीविरुद्ध चन्द्रपुर नगरपालिका विजयी « Khabarhub

महिला लिग फुटबल : चौदण्डीगढीविरुद्ध चन्द्रपुर नगरपालिका विजयी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएको छ ।

चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले एक-एक गोल गरे ।

यस्तै चौदण्डीका लागि सान्त्वना गोल मनिता तामाङले गरिन । पहिलो हाफको इन्जुरी समयमा थोकरले पहिलो गोल गरेकी थिइन ।

यस्तै खेलको ६६ औँ मिनेटमा चन्द्रपुरका लागि रानाले अर्को गोल गरिन । खेलको ६८ औँ मिनेटमा चौदण्डीकी तामाङले गोल गरेकी थिइन ।

जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अङ्क जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौँ स्थानमा छ । चौदण्डीको यो लगातार ११ औँ हार हो । चौदण्डी लिगको तालिकामा अङ्कविहीन अवस्थामा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ११ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको