मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन « Khabarhub

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरूपले मनाउन प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको छलफलमा आगामी फागुन ६, ७ र ८ गते तीन दिन दीपावली, सरसफाइ, प्रभातफेरी र फलफूल वितरण गरिने निर्णय भएको छ ।

मूल समारोह समितिले फागुन ६ गते सरकारी कार्यालय तथा नगरको सरसफाइ एवं साँझ दीपावली, ७ गते बिहान ७ बजे ट्राफिक चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी, साँझ दीपावली र ८ गते कोशी अस्पताल, वृद्धाश्रम र अनाथाश्रममा फलफूल वितरण तथा साँझ दीपावली गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रजातन्त्र दिवसमा सबैलाई सहभागी हुन आग्रह गर्दै प्रजातन्त्र प्राप्त भएको ऐतिहासिक दिन भएकाले यसको विशेष महत्व रहेको बताए । उनले विगतमा परम्परागत रुपमा मनाउँदै आएको यो दिवस यसपल्ट भव्य र नयाँ ढङ्गले हर्षोल्लासका साथ मनाउने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान अवस्थामा प्रजातन्त्र दिवसको महत्व बढेर गएको बताए ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले फागुन ७ गते नेपालमा ठूलो परिवर्तन आएकाले धुमधामका साथ मनाउन सबैसँग आग्रह गरे । आन्तरिक तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा २० सदस्यीय समारोह व्यवस्थापन उपसमितिसमेत गठन गरिएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : १७ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग