आगामी शैक्षिक सत्रमा ४ वटा कक्षामा नयाँ पाठ्यक्रम « Khabarhub

आगामी शैक्षिक सत्रमा ४ वटा कक्षामा नयाँ पाठ्यक्रम


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा २, कक्षा ३, कक्षा ६ र कक्षा १२ मा नयाँ पाठ्क्रम लागू गर्दैछ । केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पुस्तक छपाउने तयारी गरेको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार पाठ्यक्रम परिवर्तन गर्न गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘पाठ्यक्रमको सबै काम लगभग सकिएको छ, केही दिनभित्र किताब छाप्न दिन्छौँ ।’

नयाँ पाठ्यक्रम अनुसार कक्षा २ र कक्षा ३ मा चार वटा विषय राखिएको छ । कक्षा ६ मा ६ वटा विषय राखिएको छ । यी कक्षामा एउटा स्थानीय पाठ्यक्रम पनि पढाइ हुन्छ । कक्षा १२ मा चार वटा अनिवार्य विषयसहित ६ वटा विषय राखिएको छ ।

कक्षा १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणित विषय अनिवार्य गरिएको छ ।

अनिवार्य विषयमा विद्यार्थीहरूले सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणितमध्ये एउटा रोज्न पाउनेछन् ।
चार वटा समूहमा विभाजन गरेर ७९ वटा विषय ऐच्छिक विषयका रूपमा राखिएका छन् । विद्यार्थीले यी समूहबाट तीन वटा ऐच्छिक विषय छान्नु पर्नेछ । यसरी कक्षा १२ का विद्यार्थीले ६ वटा विषय पढ्नुपर्नेछ ।

हाल कक्षा १२ का विद्यार्थीले ५०० पूर्णाङ्कका ५ वटा विषय पढिरहेका छन् ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा १२ मा ६ वटा विषय हप्तामा २७ क्रेडिट आवरमा पढाइ हुनेछ । अर्थात् २७ घण्टा पढ्नुपर्नेछ । विद्यार्थीको परीक्षा ग्रेडिङ प्रणालीमा हुनेछ ।

चालु शैक्षिक वर्षमा कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको थियो । अर्को वर्ष कक्षा ४, कक्षा ७ र कक्षा ९ मा लागू हुनेछ । २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गरिसक्ने योजना छ ।

चालु शैक्षिक वर्षमा नयाँ पाठ्क्रम लागू गर्दा कक्षा ११ मा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै गणित शिक्षक र सरोकारवालाहरूले विरोध जनाएका थिए ।

कोभिड–१९ का कारण यस वर्षको शैक्षिक सत्रमा असर पुगेकाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असारमा नयाँ शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको छ ।

यस्तो छ परिवर्तित विषय
कक्षा २ र कक्षा ३ : नेपाली, अंग्रेजी, गणित, मेरो सेरोफेरो, स्थानीय पाठ्यक्रम ।
कक्षा ६  :  नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक तथा सृजनात्मक कला, स्थानीय पाठ्यक्रम ।
कक्षा १२ : नेपाली, अंग्रेजी । सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणितमध्ये एक, ऐक्षिक विषय तीन वटा ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : १३ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया