उत्तर कोरियासँग वार्ताको प्रयासमा अमेरिका « Khabarhub

उत्तर कोरियासँग वार्ताको प्रयासमा अमेरिका


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल (एएफपी)- अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियाली अधिकारीहरूसँग वार्ताको प्रयास गरेका छन् ।

फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बुझिएको छ ।

अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो ।

उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहँदै आएको छ ।

बाइडनका पूर्ववर्ती डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच तीन पटक वार्ता भएपनि तिनले उल्लेखनीय प्रतिफल दिन सकेका थिएनन् ।

उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पश्चिमा मुलुकहरूको प्रमुख चाहना रहेको तर वार्ताका क्रममा सहमति बन्न नसकेपछि ती वार्ताले अपेक्षाकृत सफलता पाउन नसकेका हुन् ।

हुन त दुई वर्ष पहिले अमेरिका र उत्तर कोरियाबीच लडाइँ नै हुनसक्ने खालका प्रतिक्रियाहरू एक अर्काले जनाउने गरेका थिए ।

वार्ताका माध्यमबाट कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्ने ट्रम्प प्रशासनको नीतिले सफलता पाउन सकेको थिएन ।

प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो ।

बेलायती समाचारसंस्था रोएटर्सका अनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन ।

बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरेका छन् । त्यस्तो समीक्षा एप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा छ विश्व समुदायको छ ।

उनले उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

उत्तर कोरियाले अझ स्पष्ट निसाना गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र, ठूला आणविक हतियार, जासुसी भूउपग्रह र आणविक ऊर्जाचालित पनडुब्बीहरू विकास गरेको प्योङयाङबारे जानकारहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ५० बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी