अक्सफोर्ड–एस्ट्राजेनेकाको  खोप नरोक्न डब्ल्युएचओको आग्रह « Khabarhub

अक्सफोर्ड–एस्ट्राजेनेकाको  खोप नरोक्न डब्ल्युएचओको आग्रह


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाले तयार पारेको खोप नरोक्न आग्रह गरेको छ ।

युरोपका विभिन्न देशले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन रोकेपछि डब्ल्युएचओले अभियानलाई निरन्तरता दिन आग्रह गरेको हो ।

खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण नरहेको र उक्त खोप सुरक्षित रहेको डब्ल्युएचओले प्रष्ट्याएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकोको खोप लिएका व्यक्तिमा ब्लड कल्ट बनेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशले खोप अभियान रोकेका थिए । गएको हप्तासम्म उक्त खोप लगाएका ४० जनामा ब्लड कल्टको विकास भएको खबर सार्वजनिक भएको थियो ।

सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि नेदरल्याण्डस, जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप मार्च २९ सम्म बन्द गरेका छन् ।

बेलायतसहित युरोपका विभिन्न देशमा अहिलेसम्म एक करोड ७० लाखभन्दा बढी मानिसले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ८ : ३५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी