अक्सफोर्ड–एस्ट्राजेनेकाको  खोप नरोक्न डब्ल्युएचओको आग्रह « Khabarhub

अक्सफोर्ड–एस्ट्राजेनेकाको  खोप नरोक्न डब्ल्युएचओको आग्रह


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाले तयार पारेको खोप नरोक्न आग्रह गरेको छ ।

युरोपका विभिन्न देशले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन रोकेपछि डब्ल्युएचओले अभियानलाई निरन्तरता दिन आग्रह गरेको हो ।

खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण नरहेको र उक्त खोप सुरक्षित रहेको डब्ल्युएचओले प्रष्ट्याएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकोको खोप लिएका व्यक्तिमा ब्लड कल्ट बनेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशले खोप अभियान रोकेका थिए । गएको हप्तासम्म उक्त खोप लगाएका ४० जनामा ब्लड कल्टको विकास भएको खबर सार्वजनिक भएको थियो ।

सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि नेदरल्याण्डस, जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप मार्च २९ सम्म बन्द गरेका छन् ।

बेलायतसहित युरोपका विभिन्न देशमा अहिलेसम्म एक करोड ७० लाखभन्दा बढी मानिसले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ८ : ३५ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा