म्यानमारमा डेढ महिनामा १८० प्रदर्शनकारीको मृत्यु « Khabarhub

म्यानमारमा डेढ महिनामा १८० प्रदर्शनकारीको मृत्यु


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारमा सैन्य ‘कु’ भएपछिको डेढ महिनामा १ सय ८० प्रदर्शनकारीको मृत्यु भएको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि शुरू भएका  शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गर्दा सोमबारसम्म मृत्यु हुनेको संख्या १८० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसको कार्यालयले मार्सल कानून लागू गरेर सैनिक सरकारले आम नागरिकमाथि जबरजस्ती कारबाही गरिरहेको र त्यस्तो काम बन्द गर्न आह्वान गरेको छ ।

सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी)की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ ।

गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ ।

यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफू तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ४२ बजे

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन

आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक