प्रधानमन्त्रीका प्रेस सल्लाहकारको प्रश्न - शहरमा 'विधि र पद्धति'को रमिता कि गाइजात्रा ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको प्रश्न – शहरमा ‘विधि र पद्धति’को रमिता कि गाइजात्रा ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शहरमा “विधि र पद्धति”को रमिता कि गाइजात्रा ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा उनले १५ बुँदे प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘नेकपा (एमाले)को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हो !’

उनले विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढ्न आह्वान पनि गरेका छन् । उनले भनेका छन्, ‘अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौँ !!’

थापाले यस्तो लेखेका छन् :
नेकपा (एमाले)को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला-
१. खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो !
२. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ ।
३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।
४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो ।
५. पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।
६. यो “विधि र पद्धति”को दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुन: प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरी पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।
७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।
८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो ।
९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघाेषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो ।
१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।
११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।
१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो ।
१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।
१४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्ताे कार्यमा कोही कसैले आफुलाई सामेल नगरौँ ।
१५. त्यसैले आउनुहोस-
विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौँ !
अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौँ !!

https://www.facebook.com/surya.thapa.754918/posts/3830396910386118

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : २९ बजे

रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज– अविरल वर्षासँगै गएको बाढीले रौतहटमा दुई जनाको मृत्यु भएको

‘बेहुली फ्रम मेघौली’ : स्वस्तिमालाई यसरी तान्यो स्क्रिप्टले

काठमाडौं- नायिका स्वस्तिमा खड्काको डेब्यू निर्माण रहने फिल्म ‘बेहुली फ्रम

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट

काठमाडौं- नयाँ नेतृत्वलाई लिएर नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

त्रिशूली– छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस