बाघ-गैँडा आक्रमणबाट फागुनमा तीनको मृत्यु « Khabarhub

बाघ-गैँडा आक्रमणबाट फागुनमा तीनको मृत्यु


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव-वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुमाउनाका साथै चार जना घाइते भएका छन् ।

चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका-६ नौलोबाँस इलाका सामुदायिक वनमा भैँसी चराउन गएका लालबहादुर चौधरीको पनि बाघको आक्रमणमा परी निधन भएको छ । बर्दियाकै मधुवन नगरपालिका-३ भगडैयास्थित राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्तगणले जनाएको छ ।

चितवन, बर्दिया र कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका चार बासिन्दा फागुनमा वन्यजन्तुको आक्रमणमा परी घाइते भएका छन् । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा जङ्गली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिका-७ का मङ्गलबहादुर कुँवर र रत्ननगर नगरपालिका-७ की फिरला महत गैँडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका-१ का सरोज कार्की बाघको आक्रमणमा परी घाइते भएको सेनाले जनाएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका-११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते तुल्याएको थियो ।

बाघ, गैँडा र हात्तीको मृत्यु

चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एकएक बाघ र हात्ती मरेका छन् । निकुञ्ज क्षेत्रमा १५ चित्तल, दुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ ।

सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुईदुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुवा र चरीबाघ सवारी साधनको ठक्कर र जङ्गली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १२ : ४९ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित