तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी केन्द्र संसदीय दलको निर्णय « Khabarhub

तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी केन्द्र संसदीय दलको निर्णय


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय पनि गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद वर्षमान पुन अनन्तले जानकारी दिए ।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा पनि कुनै छलफल नभएको बताए । त्यस्तै उनले माओवादीका ६ जना सांसदहरु अर्को दलमा गएको भन्ने बिषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले पुष्प कमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय भएको पुनले बताए । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : १९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि