कारबाहीका निम्ति लामबद्ध छौं : एमाले नेपाल-खनाल समूह (भिडियोसहित) « Khabarhub

कारबाहीका निम्ति लामबद्ध छौं : एमाले नेपाल-खनाल समूह (भिडियोसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल समूहले जस्तोसुके कारबाही भोग्न आफूहरू कारबाही भोग्न तयार रहेको जनाएको छ । कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका नेता योगेश भट्टराईले आफूहरू कारबाहीका निम्ति तयार रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीलाई यति मात्रै भन्न चाहन्छु । यो बुद्धको देश हो । शान्तिको देश हो । बालुवाटारमा बोलेको भाषा शक्तिको भाषा छ । त्यो बदल्न अनुरोध गर्दछु । कारबाहीले मुलुक अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अहंकारपूर्ण अभिव्यक्ति हो । हामी एकपछि अर्को कारबाहीको निम्ति तयार छौं । लामबद्ध छौं । त्यसमा हामीलाई कुनै पश्चाताप हुनेछैन । हिनताबोध छैन । तपाईले गर्ने प्रत्येक कारबाहीका निम्ति लामबद्ध छौं । ’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि इतिहासले कठोर कारबाही गर्ने बताए । उनले भने, ‘इतिहासले तपाईलाई कठोर कारबाही गर्नेछ । त्यो बेला तपाईंसँग रुने दुई जना पनि हुनेछैनन् ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भोलिको भेलामा नजान नेता कार्यकर्तालाई सचेत गराएको प्रति पनि समूहले चुनौती दिएको छ । उनले भने, ‘उहाँको तर्कमा कोको नजर लाउन आउनुहुन्छ परिचयसहित आए हुन्छ । यो भेला तपाईंकै हो तपाई आफै आउनुस् । आथित्यता ग्रहण गर्नुस् । तपाईंकै भेलामा आउने तपाईंकै कार्यकर्ता हुन् ।’

हेरौँ भिडियोसहित

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : ५३ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट