फागुन २८ को निर्णय फिर्ता भए पार्टी एक हुन्छ : वामदेव « Khabarhub

फागुन २८ को निर्णय फिर्ता भए पार्टी एक हुन्छ : वामदेव


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन २८ गते गरिएको एकलौटी निर्णय फिर्ता गरे पार्टी एक हुने बताएका छन् ।

पार्टी एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले फागुन २८ को निर्णय बदर गरेर माधव नेपाललगायतका सबै नेता एक ठाउँमा उभिने वातावरण बनाइनु पर्ने बताए । यसले कसैको हानी नगर्ने उल्लेख गर्दै पार्टी एक हुने दाबी गरे ।

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पार्टी अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायतका निर्णय गरेका थिए ।

उपाध्यक्ष गौतमले पार्टीभित्र अब कसैलाई गाली, शंका र लान्छना लगाउन नहुने बताए ।

‘हिजो मात्रै अध्यक्ष ओलीलाई भेटेर पार्टीको विधान र नवौं महाधिवेशन अनुकुल कार्य गरेर अगाडि बढ्न आग्रह गरें । उहाँलाई पार्टीका अन्तरविरोध समाधान गरेर सबैलाई समेट्ने काम गर्न भनेको छु’ गौतमले भने, ‘विगत केही कालमा गल्ती सबैबाट भएका छन् । आलोचना आत्मालोचनाका माध्यमबाट अगाडि बढौं ।’

एमालेको नेतृत्वमा सबै वामपन्थी समेटिएको सरकार बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ३९ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल