कर्णालीमा बेपत्ता भएको दश दिनपछि भेटियो रजनीको शव « Khabarhub

कर्णालीमा बेपत्ता भएको दश दिनपछि भेटियो रजनीको शव


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दैलेख– कर्णाली नदीमा बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी एक बालिकाको शव दश दिनपछि फेला परेको छ ।

स्थानीय मानसिंह बडुवालकी श्रीमती सुखी बडुवालले आफ्ना नाबालक चार सन्तानसहित गत फागुन २३ गते कर्णाली नदीमा फामफालेर आत्महत्या गरेकी थिइन् ।

एकै परिवारका पाँच जनामध्ये बेपत्ता कान्छी छोरी पाँच वर्षीया रजनी बडुवालको शव मंगलबार दिउँसो अछामको तुर्माखाँद गाउँपालिका–३ असरामा भेटिएको हो । नदी किनारामा शव फेला परेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरी बहादुर प्याकुरेलले जानकारी दिए ।

कर्णालीमा हामफालेका आमा सुखीसहित तीन सन्तानको शव यसअघि नै भेटिएको थियो ।

सुखीले ८ वर्षीया छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरीता र ५ वर्षीया छोरी रजनीसहित नदीमा हामफालेकी थिइन् ।

चरम घरेलु हिंसाका कारण उक्त घटना भएको विश्लेषण गरिए पनि अनुसन्धानबाट श्रीमानले त्यति धेरै पीडा नदिएको खुलेको प्रहरीको भनाइ छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पैसाको विवाद भएको बुझिएको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : ०८ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट