कोरोनाविरुद्ध चिनियाँ खोप लगाएकालाई मात्र चीनले भिसा दिने ! « Khabarhub

कोरोनाविरुद्ध चिनियाँ खोप लगाएकालाई मात्र चीनले भिसा दिने !


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले आफ्नो देशमा निर्मित कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिकहरुलाई मात्र चीन प्रवेशको अनुमति दिने जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै भिसा आबेदन गर्दा चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लगाएको प्रमाणपत्रसहित निवेदन पेश गर्न सूचित गरेको हो ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘दूतावासले ती भिसा आवेदकहरुलाई सहजीकरण गर्नेछ जसले चीनमा निर्मित कोभिड- १९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिएका हुनेछन् ।’

यस्तो छ दूतावासद्वारा जारी विज्ञप्ति

दूतावासले चिनियाँ खोप लगाएका नागरिकहरुका लागि मात्र भिसा प्रक्रियामा सहजीकरण गर्ने जनाएपनि चीनले नेपालमा उपलब्ध गराउने भनिएको खोप हालसम्म नेपालमा आएको छैन ।

नेपाल सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई आपतकालीन प्रयोगका लागि अनुमति भने दिएको छ । चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

चीनले उत्पादन गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै विभिन्न मुलुकमा परीक्षणमा समेत रोक लगाइएको छ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ भारतबाट ल्याएर खोप अभियान शुरू गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : ५१ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई