शीतल निवासमा सर्वदलीय बैठक शुरू « Khabarhub

शीतल निवासमा सर्वदलीय बैठक शुरू


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शीतल निवासमा शुरू भएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी भएका छन् ।

यसैगरी नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी भएका छन् ।

जसपाबाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी भएका छन् भने नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी भएका छन् ।

बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने  अनुपस्थित छन् ।

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको र नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरुबीच छलफल तीव्र भइरहेका बेला राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई महत्त्वका साथ हेरिएको छ।

राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शीतल निवासमा बोलाइएकी हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ०३ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग