लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते « Khabarhub

लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा आज दिउँसो चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् ।

मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये रेशबहादुरको हात चलेको छैन भने अन्य २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको छ ।

घाइते विद्यार्थीको पोखरास्थित गण्डकी अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ५१ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६