साउदीद्वारा नयाँ श्रम सुधार कानूनबारे नेपालसहित विभिन्न देशका दूतावासहरुसँग छलफल « Khabarhub

साउदीद्वारा नयाँ श्रम सुधार कानूनबारे नेपालसहित विभिन्न देशका दूतावासहरुसँग छलफल


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा–  साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत मार्च १४ तारिख आइतबारदेखि लागू गरेको ‘श्रम सुधार कानुनबारे साउदीस्थित विभिन्न देशका दूतावासहरूसँग भर्चुल माध्यममार्फत छलफल गरेको छ ।

मन्त्रालयले नेपालसहित विभिन्न देशका दूतावासहरूसँग श्रम सुधारको नयाँ निर्णयबारे छलफल गरेको हो ।

कार्यक्रममा दूतावासहरुले यसको कार्यान्वयन के कसरी हुन्छ ? श्रमिकले सुधार तथा स्वतन्त्रताको अनुभूति पाउछन् कि पाउदैन् ? यस विषयमा आगामी दिनहरुमा हेर्दै जाने बताएका छन्।

साउदीस्थित नेपाली दूतावास रियाद र नेपाली महावाणिज्यदूतावास जेद्दाले साउदीले १४ मार्च २०२१ देखि लागू गरेको श्रम सुधारको निर्णयका बारेमा एक सूचना जारी गर्दै नेपाली श्रमिक तथा समुदायलाई सुसूचित गराएको छ ।

साउदीमा विभिन्न क्षेत्रमा गरी साढे ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् । साउदी सरकारले गरेको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएकाे दूतावासले जनाएको छ ।

रोजगारदाताको अनुमतिविना कम्पनी फेर्न र घर फर्कन के–कस्ता शर्त पूरा गर्नुपर्छ ?

क‍. कामदारले साउदी अरब प्रवेश गरेको मितिदेखि हालको रोजगारदातासँग कम्तीमा एक वर्षको करार पूरा गरेको हुनुपर्दछ।

ख. रोजगारदातासँग गरेको रोजगार पत्र (Employment contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमा लिएको हुनुपर्दछ।

ग. कामदारलाई नयाँ रोजगारी दिने रोजगारदाताले साउदी सरकारको आधिकारिक पोर्टल QIWA बाट मात्र रोजगारीको प्रस्ताव गरेको हुनुपर्दछ । व्यक्तिगत भेटघाट वा कसैको सहयोगमा कुनै अभिलेख नराखी दिएको रोजगारीले कानूनी मान्यता पाउनेछैन् । जुनसुकै हिसाबले नयाँ रोजगारीमा जाँदा QIWA पोर्टलबाट रोजगारीको प्रस्ताव भएको हुनुपर्नेछ।

घ. कामदारले रोजगारदाता परिवर्तन गर्ने सम्बन्धी सूचना तोकिएको समयभित्रै आफ्नो हालको रोजगारदाता समक्ष पेश गर्नुपर्दछ। यो प्रक्रिया निःशुल्क हुनेछ।

निम्न अवस्थामा आप्रवासी ( विदेशी) कामदारले आफ्नो रोजगारदाता (कफिल) परिवर्तन गर्न सक्नेछन् :

१. साउदी अरब प्रवेश गरेको दिनदेखि ३ महिनासम्म रोजगारदाताले करार सम्झौता नगरेमा,

२. कामदारले लगातार ३ महिनासम्म आफ्नो मासिक पारिश्रमिक नपाएमा,

३. रोजगारदाताको मृत्यु भएमा वा कैद, लामो यात्रा वा यस्तै कारणले रोजगारदाता सम्पर्कमा नरहेमा,

४. कामदार परिचय पत्र (अकामा) को अवधि समाप्त भइ नविकरण नभएमा,

५. कामदार र रोजगारदाताको बीचमा विवाद भइ कुनै कानूनी निकायमा उजुरीर मुद्दा परेको र उक्त निकायले गर्ने दुईवटा सुनुवाइमा रोजगारदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा वा दुईवटा उपयुक्त मिलापत्र सम्बन्धी सुनुवाइमा उपस्थित नभएमा,

६. हाल कार्यरत रोजगारदाताले स्वीकृति दिएमा करार अवधि समाप्त नहुँदै पनि रोजगारदाता परिवर्तन गर्न सकिनेछ ।

व्यक्ति स्वयंमले पहल गरेर लिने बहिर्गमन भिसा (Automatic Exit Viss)

१. स्वतः बहिर्गमन भिसाको लागि कामदारले साउदी सरकारले आधिकारिक पोर्टल Absher बाट सेवा लिनुपर्नेछ । यसका लागि Absherडाउनलोड गर्नुपर्दछ ।

२. कामदारसँग म्याद भएको अकामा साथमा हुनुपर्नेछ।

३. रोजगारदातासँग गरेको रोजगार करार पत्र(Employment contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमामा लिएको हुनुपर्नेछ।

४. कामदारले रोजगारदातासँग वा अन्य निकायलाई तिर्नुपर्ने कुनै शुल्क वा जरिवाना बाँकी रहेको हुनु हुँदैन।

५. स्वत: बहिर्गमन भिसाको लागि लाग्ने शुल्क कामदार स्वयंमले व्योहर्नुपर्नेछ।

६. अवशिर (Absher) बाट स्वत: बहिर्गमन भिसाको प्रक्रियामा जाँदा कामदारले बहिर्गमन सम्बन्धी सम्पूर्ण प्रक्रिया जानीबुझी निणर्य गरेको भनी घोषणा गर्नुपर्नेछ।

७. यसरी प्राप्त हुने स्वत: बहिर्गमन भिसा रोजगारदाताले रद्द गर्ने अधिकार हुने छैन्।

८. स्थायीरुपमा साउदी अधिराज्य छोड्द निणर्य गरेकाहरुले यो स्वतः बहिर्गमन भिसा सेबा लिन सक्नेछन्।

९‍.आफूमा आश्रित परिवारका लागि समेत आवेदन गर्न सकिनेछ।

१०. एक पटक प्राप्त गरेको बहिर्गमन भिसालाई कामदारले चाहेमा Exit को अवधि बाँकी छँदै रद्द समेत गर्न सक्नेछन्।

११. रोजगारदातासँगको करारको अवधि बाँकी हुँदै साउदी अरब छोड्ने गरी Exitलगायका कामदारले करार उल्लंघन गरेको सम्बन्धी जरिवाना तिर्नुपर्नेछ।

घरेलु कामदार, घरायसी सुरक्षा गार्ड, बगैँचे (गार्डेनर), पशु चराउने (सेफर्ड) निजी चालक तथा फारम (मजरा) मा काम गर्नेहरुका हकमा माथिका कुनै पनि प्रावधानहरु लागू नहुने दूतावास रियाद तथा महावाणिज्यदूतावास जेद्दाले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ०१ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ