लक्ष्मी माता खुसी पार्न नगर्नुहोस् यस्ता गल्ती « Khabarhub

लक्ष्मी माता खुसी पार्न नगर्नुहोस् यस्ता गल्ती


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुक्रवार देवी लक्ष्मीको दिनको रुपमा मानिन्छ । यस दिन हिन्दुहरु श्रद्धापुर्वक लक्ष्मीको पूजा गर्दछन् । तर लक्ष्मी प्रसन्न पार्न त्यति सहज भने छैन । देवी लक्ष्मी प्रसन्न पार्न पूजाआजाका अलावा अन्य केही चिजमा विशेष ध्यान दिनु पर्ने भने हुन्छ ।

अबेर उठ्ने, अन्न नाष गर्ने, भान्सामा सफाई गर्ने लगायतका कुरामा समेत ध्यान दिएमा देवी लक्ष्मी प्रसन्न हुन्छिन् । अन्यथा यस प्रकारका त्रुटीबाट उनि रुष्ट हुने मान्यता छ । यस अलावा के के कुरामा ख्याल गर्नुपर्ने हुन्छ त ?

१. अधिकाशं मानिसमा पैसा गन्दा औलामा थुक लगाएर गन्ने बानि हुन्छ । तर यो गल्ती भुलेर पनि नगर्नुहोस् । यसो गर्नाले देवी लक्ष्मीको अनादर हुने विश्वास गरीन्छ ।

२. देवी लक्ष्मीको तेश्रो स्वरुप हो, धान्य लक्ष्मी । धान्यको अर्थ अन्न सम्पदा हो । त्यसलै लक्ष्मीलाई माता अन्नपूर्णाको स्वरूप पनि मानिन्छ । त्यसैले कहिल्यै अन्नको अनादर गर्नु हुदैन । अन्नको अनादरले माता लक्ष्मीलाई रुष्ट बनाउने मान्यता छ ।

३. मान्यता अनुसार स्वास्थ्य र समृद्धि पाउन सूर्योदय अघि उठ्नु पर्ने धार्मीक मान्यता छ । सूर्योदय पश्चातसम्म सुत्नेहरुसंग सूर्य देव रुष्ट हुने र रोग लाग्ने साथै रोग भएको स्थानमा माता लक्ष्मीको वास नहुने मान्यता छ ।

४. लक्ष्मीलाई प्रसन्न पार्न घरमा सरसफाई राख्नुपर्ने मान्यता छ । फोहोर भएको घरमा लक्ष्मीको वास नहुने धार्मीक मान्यता छ ।

५. बिहान सबेरै र सुर्यास्त अघि घरको सरसफाई हुन आवश्यक छ । विशेषगरी घरको मुख्यद्वारमा कहिल्यै फोहोर हुनु हुदैन । साथै रातमा जुठो भाडा राख्नु हुदैन ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ५९ बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता