भारतमा नयाँ रेकर्ड : एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु | Khabarhub Khabarhub

भारतमा नयाँ रेकर्ड : एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख १६ हजार ८५० संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएको यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि हिजो भारतमा १ लाख ९९ हजार ५६९ संक्रमित थपिएका थिए । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज विहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।

संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।

विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यस्तो छ सबैभन्दा बढी प्रभावित १० मुलुकको  तथ्यांक

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ०९ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी