नेपाली खेलकुदमा महिला नेतृत्वको गरिमा | Khabarhub Khabarhub

नेपाली खेलकुदमा महिला नेतृत्वको गरिमा


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली खेलकुदमा महिलाको स्थान गर्व गर्न लायक छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएका सफलतामा पुरुषको तुलनामा महिला खेलाडी अगाडि छन् ।

पहिलोपटक एसियाली च्याम्पियन हुने नेपालीमा सङ्गिना वैद्यको कीर्तिमान होस् वा एसियाडमा रजत पदक जित्ने पहिलो खेलाडीको रूपमा सविता राजभण्डारीको वा एउटै दक्षिण एसियाली खेलकुदमा चार वटा स्वर्ण पदक जित्ने गौरीका सिंहको कीर्तिमान नै किन नहोस्, नेपाली खेलकुदमा महिलाको स्थान उचो छ ।

महिला खेलाडीले दिलाएको सफलतासँगै पछिल्ला केही वर्षयता प्रशिक्षक, रेफ्री र व्यवस्थापनमा पनि महिलाको उपस्थिति बलियो हुँदैछ । केही महिनाअघि फुटबलमा अरुणा गुरुङ मुख्य प्रशिक्षक भइन् । यसअघि भलिबलमा शान्ति गुरुङ र सलिना श्रेष्ठ तथा कबड्डीमा शान्ति सिंहले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

हाल हाप्किडो मार्सल आर्ट एसोसिएसनले सुस्मिता गुरुङलाई मुख्य प्रशिक्षक चयन गरेको छ । राष्ट्रिय टोली सम्हाल्ने अन्य थुप्रै महिला प्रशिक्षक छन् । सबैभन्दा सफल र उत्कृष्ट परिणाम दिलाउने प्रशिक्षकमा सङ्गिना वैद्य अगाडि छिन् ।

रेफ्रीको रूपमा भलिबलकी चन्द्रवदना राई, बक्सिङका अनुराधा लामा, दीपा पुन र प्रमीला राई, कराँतेकी सृजना अधिकारी, सेसुकला राई र हिरादेवी राई लगायतले आफूलाई परिष्कृत बनाउँदै र आफ्नो पकड बनाउँदै लगेका छन् ।

नेपालमा पुरुष खेलाडीभन्दा महिला खेलाडी सेलिब्रेटीको रूपमा स्थापित भएको खेल हो भलिबल । नेपाली महिला भलिबल टोली निकै स्तरीय मानिन्छ । भलिबलका थोरै अन्तर्राष्ट्रिय रेफ्रीमध्ये चन्द्रबदना राई एक हुन् ।

खेलाडी, रेफ्री र प्रशिक्षकले दिलाएको सफलतासँगै अब सिङ्गो नेपाली खेलकुदको नेतृत्व महिलाले गर्ने सम्भावना छ कि छैन भन्ने बहस हुन आवश्यक छ ।

हालसम्म महिलाले खेलकुद मन्त्रालय र ओलम्पिक कमिटी सम्हालेका छैनन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा कामचलाउ सदस्य सचिवको रूपमा कुनै समय शकुन्तला नगरकोटी थिइन् । सत्तारूढ दल नेकपा एमालेको तत्कालीन गुटगत राजनीतिको कारण उनको ठाउँमा केशव विष्ट आए ।

सोही समयमा कबड्डीकी पूर्वमुख्य प्रशिक्षक शान्ति सिंह र कराँते प्रशिक्षक यमकुमारी गुरुङ बोर्ड सदस्य थिए । पदावधि सकिए पनि यमकुमारीको प्रभाव कायमै छ ।

सक्रिय खेलाडी जीवनको अन्त्यसँगै प्रशिक्षक, रेफ्री र व्यवस्थापकीय जिम्मेवारीमा सफल यमकुमारी अस्मिताको नामले खेलकुदमा चिनिन्छिन् । ‘जेकेएफ गोजुकाई ताकुजी केन्बुकान कराँते एसोसिएसन’ की महासचिव तथा मुख्य प्रशिक्षक रहेकी अस्मिता नेपाल स्पोर्ट्स फेडेरेसनकी सचिव र नयाँ बजार डोजोकी प्रमुख हुन् ।

राजनीतिमा त उनको उपस्थिति छँदै छ, खेलकुदमा उनको लगाव र भूमिकाको कारण उनी आबद्ध दल नेपाली कांग्रेसले पनि बारम्बार जिम्मेवारीका लागि पत्याएको छ । हाल उनी नेपाली कांग्रेसको खेलकुद विभागमा सदस्य छिन् ।

कराँतेमा सक्रिय भएको शुरूवाती दिनमै सफलता पाउन थालेकी अस्मिताले २०५८ सालमा पोखरामा राष्ट्रव्यापी खेलमा रजत पदक जितेकी थिइन् । त्यसको एक वर्ष उनी पोखरामा ‘गोल्ड मेडल क्विन’ घोषित भएकी थिइन् ।

सन् २००६ देखि २००९ सम्म उनले एक पछि अर्को सफलता पाइन् । सन् २००६ मा बङ्गलादेशमा रजत पदक जितिन् । त्यसको दुई वर्षपछि सिङ्गापुरमा र त्यसको एक वर्षपछि मलेसियामा कास्य पदक जितिन् ।

गोजुरियो कराँते डो केन्वोकाइकी तेस्रो डान अस्मिता जेकेएफ गोजुकाई ताकुजी केन्बुकान कराँतेमा आबद्ध भएपछि अस्मिताले चौथो डानको ग्रेडिङ पूरा गरिन् । हाल उनी नेपाल कराँते महासंघको राष्ट्रिय रेफ्री छिन् ।

अस्मिताले नेपाल र भारतमा भएका धेरै प्रतियोगितामा रेफ्रीको अनुभव बटुलेकी छन् । सन् २००७ मा गोजुरियो कराँते केन्वाकाई सेमिनार र ट्रेनिङ क्याम्पमा सहभागी थिइन् । २०६८ सालको छैटौँ राष्ट्रिय खेलकुदमा व्यवस्थापकीय प्रशिक्षण लिइन्, सन् २००९ मा स्पेसल प्राविधिक तथा रेफ्री सेमिनार पूरा गरिन् ।

अस्मिताले सन् २०१० मा राखेपबाट प्रशिक्षक प्रशिक्षण पनि प्राप्त गरिन् । सन् २०१४ मा भारतमा जेकेएफप केन्बुकाइले आयोजना गरेको अन्तर्राष्ट्रिय गोजुरियो सेमिनारमा सहभागी भइन् । सन् २०१४ सन् २०१५ जर्मनीमा भएका सेमिनारमा सहभागी भइन् । सन् २०१५ मा ‘एक्सरसाइज एन्ड स्पोर्ट्स साइन्स’ को एसिया प्यासिफिक कन्फेरेन्समा सहभागी भइन् । सन् २००६ मा मार्सल आर्टको एउटा विधा कुबुडो जिजुत्सको प्रशिक्षण लिइन् ।

 नेपाली खेलकुदमा महिलाको स्थान गर्व गर्न लायक छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएका सफलतामा पुरुषको तुलनामा महिला खेलाडी अगाडि छन् ।

मिहिनेत र अनुभवले खारिएकी अस्मिताले संघ अध्यक्ष, मुख्य प्रशिक्षक र महासचिवको जिम्मेवारी निर्वाह गरेकी छन् । अस्मिता खेलकुदको नेतृत्वमा स्थापित हुन सक्ने व्यक्ति हुन् ।

नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा नेपाल टेनिस संघकी अध्यक्ष समेत हुन् । उनको पारिवारिक वातावरण नै खेलमय छ । ज्योतिका तीन छोरी मलिका, माहिका र मायङ्का राष्ट्रिय च्याम्पियन भइसकेका छन् ।

टेनिसलाई अनुशासित र संस्कारयुक्त खेल बनाउन ज्योतिको व्यक्तित्व पनि प्रमुख कारण रहेको धेरैको मत छ । खेलप्रतिको लगाव, इमानदारी, प्रष्ट अडान, अनुशासन र ओजस्वी व्यक्तित्वका कारण ज्योतिलाई नेपाल ओलम्पिक कमिटीले जिम्मेवारी सुम्पिएको हो । हाल उनी नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष छिन् । ओलम्पिक कमिटीमा उनको यो दोस्रो कार्यकाल हो । उनी अहिले नेपाल ओलम्पिक कमिटी अन्तर्गत उमन एन्ड स्पोर्ट्स कमिसनकी प्रमुख छिन् ।

टेनिस संघमा ज्योतिको आबद्धता धेरै वर्षअघिदेखि हो । उनी आबद्ध रहेकै समयमा भौतिक संरचना निर्माण भएका थिए । यसै समयमा टेनिस संघले अन्तर्राष्ट्रिय समन्वय गर्ने, प्रतियोगिता आयोजना गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने काम अघि बढाएको थियो ।

ज्योति अध्यक्ष भएपछि टेनिस संघ थप सफलता पाउन थाल्यो । उनकै कार्यकालमा नेपालले दक्षिण एसियाली खेलकुदमा पहिलो पटक टेनिसको पदक जितेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को सफलता पाएको छ । उनलाई खेलाडीले सहज अभिभावकको रूपमा स्वीकार गर्छन् ।

नेपालको राष्ट्रिय खेल भलिबल, भलिबलका केही विशेषता छन् । नेपालमा पुरुष खेलाडीभन्दा महिला खेलाडी सेलिब्रेटीको रूपमा स्थापित भएको खेल हो भलिबल । नेपाली महिला भलिबल टोली निकै स्तरीय मानिन्छ । भलिबलका थोरै अन्तर्राष्ट्रिय रेफ्रीमध्ये चन्द्रबदना राई एक हुन् । भलिबलमा अब महिला नेतृत्वको आवश्यकताबारे बहस चलेको छ । उपाध्यक्ष निरोज मास्के र कोषाध्यक्ष सुनकेशरी माली पदाधिकारीको रूपमा रहेका छन् ।

थुप्रै क्षेत्रमा समावेशी प्रतिनिधित्वको रूपमा महिलाको स्थानको माग हुँदै आएको छ । खेलकुदमा योग्यताकै आधारमा महिलाको नेतृत्वदायी भूमिका अझ फराकिलो किन नहुने भन्ने बहस हुन सक्छ ।

नेपाली खेलकुदमा निरोजलाई नजिकबाट नियाल्नेहरू उनलाई मानवीय संवेदनाको प्रतीकको रूपमा चिन्छन् । आर्थिक पारदर्शिता र अनुशासनमा पनि उनी अब्बल मानिन्छिन् । भलिबल संघमा सदस्यको रूपमा उपस्थित भएका निरोज दोस्रो कार्यकाल कोषाध्यक्ष र तेस्रो कार्यकाल उपाध्यक्ष भएकी हुन् ।

निरोज पहिलोपटक सदस्यको रूपमा निर्वाचित भइन् । दोस्रोपटक निकै ठूलो राजनीतिक जोडघटाउ बेवास्ता गर्दै उम्मेदवारी दिएर कोषाध्यक्ष पदमा निर्वाचित भइन् । तेस्रो पटक उपाध्यक्षमा निर्विरोध भइन् ।

कोषाध्यक्षका रूपमा निरोजले आर्थिक पारदर्शितामा जोड दिइन् । लेखा प्रणालीलाई कर्मकाण्डी पाराले पन्छाउने भलिबल समुदायले उनको कार्यकालमा नयाँ बाटो लियो । अन्यायसँग जुध्ने स्वभावकी निरोज खेलाडी र खेलकर्मीबीच प्रिय छिन् ।

नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा नेपाल ओलम्पिक कमिटीकी सचिव पनि हुन् । अन्य महिला खेलाडीहरू पनि नेतृत्वमा छन् ।

थुप्रै क्षेत्रमा समावेशी प्रतिनिधित्वको रूपमा महिलाको स्थानको माग हुँदै आएको छ । खेलकुदमा योग्यताकै आधारमा महिलाको नेतृत्वदायी भूमिका अझ फराकिलो किन नहुने भन्ने बहस हुन सक्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

गुगल म्यापको भर पर्दा बन्दै गरेको पुलबाट नदीमा खस्यो कार, तीनजनाको मृत्यु

लखनउ- भारतको उत्तर प्रदेश राज्यमा शनिबार राति अनौठो घटना भएको

चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह

१३ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अंकले घटेको छ

काठमाडौंको ‘शान्तिधाम’ मा आन्तरिक र बाह्य पर्यटक बढ्दै

काठमाडौं– काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको ‘शान्तिधाम’मा आन्तरिक तथा बाह्य

रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति