ईश्वर पोखरेलका एजेन्डा : विद्या भण्डारीलाई एमालेमा फर्काउने, ७० वर्षे र दुई कार्यकाल ब्यूँत्याउने « Khabarhub

ईश्वर पोखरेलका एजेन्डा : विद्या भण्डारीलाई एमालेमा फर्काउने, ७० वर्षे र दुई कार्यकाल ब्यूँत्याउने


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी अध्यक्षका दाबेदार एवम् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दस्तावेज बुझाएका छन् ।

११ औँ महाधिवेशनमा पेश गर्ने गरी पोखरेलले सोमबार हासचिव शंकर पोखरेललाई उक्त दस्तावेज पेश गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले दस्तावेज अस्वीकार्ने संकेतसहित पार्टी कार्यालयमा नआएपछि महासचिवलाई नै बुझाइएको हो ।

‘नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको अवधारणा-पत्र : राजनीतिक संकट र पार्टी पुनर्निर्माणमा जोड’ शीर्षकमा पोखरेलले प्रस्तुत गरेको अवधारणा-पत्रले देशको वर्तमान राजनीतिक संकट, जेन-जी आन्दोलनको समीक्षा र पार्टीको आन्तरिक लोकतान्त्रिकरणलाई मुख्य विषय बनाएको छ।

दस्तावेजले वैश्विक र राष्ट्रिय परिवेशको विश्लेषण गर्दै एमालेलाई राष्ट्रिय एकताको अगुवा शक्तिका रूपमा स्थापित गर्ने कार्यदिशा प्रस्तुत गरेको छ।

पत्रमा भदौ २३–२४ गतेका घटनालाई ‘अकल्पनीय’ र ‘सुनियोजित विध्वंस’ का रूपमा चित्रण गर्दै अन्तरिम सरकारको गठन र संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिइएको छ।

यसले जेन-जी प्रदर्शनलाई युवाको सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल स्वतन्त्रताको मागसँग जोड्दै आन्दोलनलाई दबाउने र त्यसपछि भएको हिंसाको निष्पक्ष छानबिन माग गरेको छ।

पत्रले दुई अतिवादी विश्लेषण (देशी–विदेशी षड्यन्त्र मात्र वा सबै ठीक थियो भन्ने) लाई अस्वीकार गर्दै पार्टीका कमजोरीहरूको आत्मालोचना गर्दछ।

वैश्विक सन्दर्भमा पत्रले पूँजीवादको नयाँ रूप ‘टेक्नो फ्युडालिजम’, असमानता र जलवायु संकटलाई उल्लेख गर्दै नेपालको पराधीन पूँजीवाद, आप्रवासन र कृषिको संकटलाई सम्बोधन गर्ने आर्थिक नीति प्रस्ताव गरेको छ।

यसमा लगानी सुरक्षा, औद्योगिकीकरण, रोजगारी सिर्जना र जलवायु अनुकूलनलाई प्राथमिकता दिइएको छ।

पूर्वसरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’ लाई जलवायु एजेन्डाको अन्तर्राष्ट्रियकरणका रूपमा सकारात्मक रूपमा उल्लेख गरिएको छ।

पार्टीभित्रका मुद्दामा ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई समयानुकूल परिष्कृत गर्ने, दुई कार्यकाल र ७० वर्ष उमेरहद कायम गर्ने, युवा समावेशिता (४० वर्षमुनिका ५२.५ प्रतिशत जनसंख्यालाई जोड्ने) र अन्तरपार्टी जनवादलाई जोड दिइएको छ।

वामपन्थी एकता र एकीकरणलाई ‘ऐतिहासिक आवश्यकता’ भन्दै एमालेलाई वाम लोकतान्त्रिक शक्तिको आधार बनाउने अपिल गरिएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्काउने वातावरण बनाउन पनि सुझाव पोखरेलको दस्तावेजमा दिइएको छ।

पत्रले दशौं महाधिवेशनपछिको कार्यकालको समीक्षा गर्दै गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र निर्णय प्रक्रियाको कमजोरीलाई उजागर गरेको छ।

यसले आगामी फागुन २१ को निर्वाचनलाई राजनीतिक निकासको विकल्प मानेको छ तर अन्तरिम सरकारलाई शान्तिसुरक्षा सुनिश्चित गर्न खबरदारी गरेको छ।

पोखरेलले पार्टी पंक्तिलाई ‘उत्साह र एकताको सन्देश’ सहित महाधिवेशनमा सक्रिय हुन आह्वान गर्दै समाजवादका आधार निर्माणमा प्रतिबद्धता जनाएका छन्।

यो अवधारणा-पत्रले एमालेलाई राजनीतिक संकटबाट उकास्ने र युवा पुस्तासँग जोड्ने दिशातर्फ निर्देशित गरेको देखिन्छ। महाधिवेशनमा यसमाथि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : २७ बजे

घडियाल गोहीका सात गुँडका १९५ अण्डा संकलन

चितवन– राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट

झापामा ८ लाख बराबरको धनमाल चोरी

झापा– मेचीनगर नगरपालिका-६ प्रगति टोल बस्ने दिपेन्द्र राज पाण्डेको घरबाट सुनका गरगहना

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बाजुरा– बुढीगंगा नगरपालिका-७ खाडेखेत बस्ने दिपक ओखेडाको घरमा आइतबार राति आगलागी हुँदा

रत्नपार्कनजिकै बटुवालाई पानी पिउने प्रबन्ध (तस्बिरहरु)

काठमाडौं- राजधानीको मुटु रत्नपार्कनजिकै बटुवालाई पानी पिउने प्रबन्ध मिलाइएको छ

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि