विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गर्ने तयारीमा महानगर | Khabarhub Khabarhub

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गर्ने तयारीमा महानगर

केहीबेरमा सूचना जारी गर्छौँ– काठमाडौँ महानगर


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि काठमाडौँ महानगरपालिकाले विद्यालय बन्दको तयारी गरेको छ ।

महानगरले आजैबाट लागू हुने गरी विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्दको तयारी गरेको हो ।

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले केहीबेरमा विद्यालय सञ्चालनबारेको सूचना जारी गर्ने बताए ।

उनले भने, ‘काठमाडौँका केही विद्यालयमा विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको छ । यस्तो अवस्थामा विद्यालयले के गर्ने भन्ने योजनासहितको सूचना महानगरले जारी गर्नेछ । ‘

उनले अहिले आफू कार्यलय जाँदै गरेको र कार्यालय पुगेपछी सूचना जारी गर्ने खबरहबलाई बताए ।

अहिले काठमाडौँको चावहिलस्थित मित्र आधारभूत विद्यालयका शिक्षक, नक्सालमा रहेको नन्दिरात्री माध्यमिक विद्यालय र प्रदर्शनी मार्गको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना देखिएको छ ।

कोरोनाको दोस्रो लहरमा विद्यार्थी संक्रमणको दर बढेपछि महानगरले काठमाडौँका विद्यालयलाई लक्षित गर्दै सूचना जारी गर्न लागेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ५० बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको