कोरोना संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको आग्रह « Khabarhub

कोरोना संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको आग्रह


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थी  वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ ।

कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने, ‘संक्रमण भएका विद्यालय एक साताको लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’

संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

काठमाडौँ महानगरले जारी गरेको सूचना

त्यस्तै बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १४ वटा जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा घोषणा गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : १६ बजे

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक