राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य छैन : प्रचण्ड « Khabarhub

राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य छैन : प्रचण्ड


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले देशलाई बन्दकी राख्ने राष्ट्रिय हित विपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुखनै लागेको खबरहरु सार्वजनिक भईरहेको भन्दै यसले नेपाल र नेपाली जनताको आत्मसम्माननमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए ।

राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उनले जति सुकै गरेपनि जित सत्य र न्यायको जित हुने बताए ।

प्रचण्डले अहिले पनि केही मानिसहरुमा संघीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सीमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रबृत्ति परेको बताए ।

अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिए । इतिहासको चक्कालाई पछाडी फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बीच संघर्ष भईरहेको बताउदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लाग्न खेलाडीलाई समेत आव्हान गरे ।

खेलकुदको विकासका लागि नेपाल उपयुक्त भुगोल र वातावरण भएको देश भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकासका लागि नेपाल अनुकुल ठाउँ रहेको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ३७ बजे

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली