लामो समयपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद « Khabarhub

लामो समयपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयदेखिको संवादहीनतालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गरेका छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको बताएका हुन् ।

आफू प्रधानमन्त्री ओलीसँग भेट्न जान लागेको बताउँदै उनले भने, ‘राम्रो हो कि नराम्रो के हो, म भवन उद्घाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो । म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें ।’

प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्किएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : २७ बजे

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली