गलत प्रचार गरेर नेपाल–भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रयत्न भयो : परराष्ट्रमन्त्री « Khabarhub

गलत प्रचार गरेर नेपाल–भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रयत्न भयो : परराष्ट्रमन्त्री


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताएका छन् ।

नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सूचना संप्रेषण गरेर नेपाल–भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रत्यन्त भएको समेत बताए ।

उहाँले सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउँदै अघि बढाउन प्रतिवद्ध रहेको धारणा राखे । मन्त्री ज्ञवालीले नेपाल भारतसंगको मित्रतालाई उच्च महत्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्धलाई परिणाममूखि बनाउन चाहनेको जिकिर गरे । नेपाल–भारतबीच असल सम्बन्ध र समझदारी बाहेक अर्को विकल्प नरहेको उनले बताए ।

त्यस्तै सञ्चारमन्त्री पार्वत गुरुङले छिमेकी राष्ट्रहरूको सम्बन्ध थप प्रगाढ भए जनताको सम्बन्ध पनि प्रगाढ हुने बताए । उनले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आउन नदिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल–भारत मैत्री संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ०७ बजे

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको