कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव « Khabarhub

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि पूर्णबहादुर खड्कासहितका पुराना नेताहरूलाई आग्रह गरेका छन्।

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समूहको समानान्तर गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो काम नसुहाउने टिप्पणी गरेका छन्।

‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा- न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ?’, उनले प्रश्न गरेका छन्।

नेता भण्डारीले तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको खड्का-कोइराला समूहका गतिविधिलाई घुमाउरो भाषामा गतिछाडा गतिविधिको संज्ञा दिएका छन्।

उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन्। नेता भण्डारीले लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुन सक्ने बताउँदै तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत भनेका छन् ।

उनले सबै नेता–कार्यकर्ताहरूलाई पार्टीको विधि र मूल्य-मान्यताभित्र रहेर जिम्मेवार ढंगले अघि बढ्न पनि आह्वान गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : २५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष