बिदा स्वीकृत नगरी कार्यालय नआउने १९ कर्मचारीलाई कारवाही « Khabarhub

बिदा स्वीकृत नगरी कार्यालय नआउने १९ कर्मचारीलाई कारवाही


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बिदा स्वीकृत नलिइ कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई गाउँपालिकाले विभागीय कारवाही गर्ने भएको छ ।

गत चैतको पहिलो सातादेखि यही वैशाख ३ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतले हाजिरी छड्के निरीक्षण गर्दा १९ कर्मचारीलाई कारवाहीमा तानिएको बताइएको छ ।

सो कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौँ तहदेखि कार्यालय सहयोगीसम्मका १९ कर्मचारीलाई एकैपटक कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।

उनले भने, “लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित भएको नपाइएकाले निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिएको हो ।” पहिलो चरणमा स्पष्टीकरण लिने र प्रचलित कानून बमोजिम कारवाही गरिने आङ्देम्बेले जानकारी दिए ।

‍सो कार्यालयमा कार्यरत कर्मचारीले पटकपटक बिदा स्वीकृत नगरेर कार्यालय बाहिर जाने, बाहिर बस्ने प्रविधि बढेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग्ने र उचित स्पष्टीकरण नआएमा कार्यपालिको बैठकले निर्णय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ४६ बजे

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको