कर्णाली प्रकरणपछि शंकर पाखरेलको प्रतिक्रिया : समयमै सचेत बनौं | Khabarhub Khabarhub

कर्णाली प्रकरणपछि शंकर पाखरेलको प्रतिक्रिया : समयमै सचेत बनौं


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समयमै पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशमा शुक्रबार एमालेकै सांसदले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै पोखरेलले पार्टीमा समानान्तर गतिविधिको गन्तव्य कर्णालीकै जस्तो हुने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौँ, पार्टी र आन्दोलनको रक्षाका लागि निशर्त पार्टी काममा जुटौँ ।’

मुख्यमन्त्री पोखरेलको सरकारमाथि पनि संकटको बादल मडारिरहेको छ । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरिसकेका छन् ।

समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौ, पार्टी र आन्दोलनको रक्षाका लागि निशर्त पार्टी काममा जुटौ ।

Posted by Shankar Pokhrel on Friday, April 16, 2021

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ५८ बजे

ओलीको घोषणा : अहिलेकै अवस्थामा विद्या भण्डारीलाई एमाले अध्यक्ष बनाउन सकिँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर

ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन

काठमाडौं – ‌नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकला राई पार्टी केन्द्रीय

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी