बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ « Khabarhub

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको एक होटलमा बालिकालाई काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको, शुरूमा वेटरमा राखेको र पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ ।

उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबरजस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले आज एक सूचना जारी गरी जानकारी दिएका छन् । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध