बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ | Khabarhub Khabarhub

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको एक होटलमा बालिकालाई काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको, शुरूमा वेटरमा राखेको र पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ ।

उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबरजस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले आज एक सूचना जारी गरी जानकारी दिएका छन् । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा