विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग « Khabarhub

विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

“अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विश्वविद्यालयलाई वैचारिक राजनीतिक थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुष्प्रयास भएको बताए ।

विश्वविद्यालयमा डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने जोकोहीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने महामन्त्री भट्टराईको भनाइ छ । गुण्डागर्दीमा संलग्नलाई कारवाही नगरे कडा आन्दोलन गर्ने नेविसङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : ३१ बजे

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको