कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थपियो « Khabarhub

कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थपियो


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना संक्रमणका करण हवाई उडानमा प्रतिबन्ध लगाएपछि कुवेतले गैरकानुनी रूपमा बसोबास गरेका नेपालीसहित विदेशी श्रमिकहरुलाई स्वदेश फर्किन दिएको समय एक महिना थप गरेको छ ।

कुवेतले अवैध श्रमिकहरुलाई स्वदेश फर्किन पाउने समय मे १५ तारिखसम्म थपेको कुवेतका आन्तरिक मन्त्री शेख थामर अल अलीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसअघि अप्रिल १५ तारिखसम्म समय तोकिएको थियो ।

कुवेतमा बसोबास गर्न चाहने अवैध श्रमिकहरुले तोकिएको समयावधि अप्रिल १५ देखि मे १५ तारिख सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ । जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।

आफूलाई वैध बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

कुवेत सरकारको यो निर्णयसँगै गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले पनि अबको एक महिना भित्रमा जरिवाना तिरेर वैधानिक हुने वा स्वदेश फर्किने अवसर पाउने छन् । त्यहाँ अझै पनि ठूलो सङ्ख्यामा बसेका गैरकानुनी रुपमा नेपाली श्रमिकहरु रहेको बताइन्छ ।

कुवेतले कोरोना महामारीको करण पटक-पटक जरिवाना तिरेर वैधानिक हुन वा स्वदेश फर्किने पाउने अवसर प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ३० बजे

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर

काठमाडौं–  काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक