कपालका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन् « Khabarhub

कपालका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन्


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई लामो या छोटो कस्तो कपाल मनपर्छ ? पक्कै पनि बाक्लो कपाल तपाईं रुचाउनुहुन्छ होला । तर, विभिन्न कारणले कपाल झर्ने समस्याले धेरैलाई सताएको हुन्छ ।

यी समस्याकाबीच कपालबारेका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन् ।

१. मानिसको एउटा कपालले १ सय ग्रामसम्मको तौल थाम्न सक्छ ।
२. टाउकोमा भएको पुरै कपालले १० देखि १५ टनसम्मको तौल थाम्न सक्छ ।
३. एउटा कपालको त्यान्द्रो त्यही आकारको तामाको तारभन्दा पनि बलियो हुने गर्छ ।
४. एउटा कपालको आयु करिब ५ वर्षसम्म पनि हुन सक्छ ।
५. टाउकोको ५० प्रतिशतभन्दा बढी कपाल झर्यो भने मात्र मानिस तालुखुइले देखिन्छ ।
६. मानिसको तालुमा सामान्य रुपमा १ देखि १ लाख पचास हजारसम्म कपाल हुन्छ ।
७. कपालमा तीव्र गतिमा विभाजित कोषलाई माइटोसिस भनिन्छ ।
८. एक दिनमा कपाल ०.३ मिलिमिटर र एक महिनामा १ सेन्टिमिटर बढ्छ ।
९. सामान्यतः एउटा वयस्क मानिसको प्रतिदिन ५० देखि १५० सम्म कपाल झर्छ ।
१०. शरीरमा सबैभन्दा छिटो बढ्ने कोषमा मासी पछि कपाल पर्दछ ।
११. एउटा स्वस्थ कपाल भिजेको अवस्थामा त्यसको फैलावट ३० प्रतिशतसम्म बढ्छ ।
१२. आफ्नो जराबाट कपाल झर्ने बित्तिकै नयाँ कपाल बन्ने प्रक्रिया शुरु भइहाल्छ ।
१३. विभिन्न समयमा ९० प्रतिशत कपाल बढिरहँदा १० प्रतिशत कपाल आराम गर्दछन् ।
१४. गर्मी मौसममा कपाल अलि चाँडो बढ्छ भने जाडोमा ढिलो बढ्छ ।
१५. छालाको भित्र तहबाट बाहिर निस्केपछि कपाल मरिसकेको हुन्छ ।
१६. कपालमा शरीरको जानकारी हुन्छ, त्यसैले फोरेन्सिकमा कपाललाई प्रमाण मानिन्छ ।
१७. कुनै पनि कपालको आधारमा मानिसको लिंग छुट्याउन सकिँदैन ।
१८. संसारमा कालो सबैभन्दा बढी वा सामान्यतःया पाइने कपालको रंग हो ।
१९. संसारभर १ प्रतिशत कपालको रंगमात्रै प्राकृतिक रुपमा रातो हुन्छ ।
२०. यसमा ५० प्रतिशत कार्बन,२१प्रतिशत अक्सिजन,१७प्रतिशत नाइट्रोजन,६प्रतिशत हाइड्रोजन र५प्रतिशत सल्फर हुन्छ ।
२१. हत्केला, पैतला, आँखाको ढकनी, ओठ र नाक बाहेक सबैतिर कपाल उम्रन सक्छ ।
२२. कपालले हाम्रो टाउकोलाई चिसोबाट बचाउने काम गर्छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : ०५ बजे

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी