कपालका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन् « Khabarhub

कपालका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन्


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई लामो या छोटो कस्तो कपाल मनपर्छ ? पक्कै पनि बाक्लो कपाल तपाईं रुचाउनुहुन्छ होला । तर, विभिन्न कारणले कपाल झर्ने समस्याले धेरैलाई सताएको हुन्छ ।

यी समस्याकाबीच कपालबारेका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन् ।

१. मानिसको एउटा कपालले १ सय ग्रामसम्मको तौल थाम्न सक्छ ।
२. टाउकोमा भएको पुरै कपालले १० देखि १५ टनसम्मको तौल थाम्न सक्छ ।
३. एउटा कपालको त्यान्द्रो त्यही आकारको तामाको तारभन्दा पनि बलियो हुने गर्छ ।
४. एउटा कपालको आयु करिब ५ वर्षसम्म पनि हुन सक्छ ।
५. टाउकोको ५० प्रतिशतभन्दा बढी कपाल झर्यो भने मात्र मानिस तालुखुइले देखिन्छ ।
६. मानिसको तालुमा सामान्य रुपमा १ देखि १ लाख पचास हजारसम्म कपाल हुन्छ ।
७. कपालमा तीव्र गतिमा विभाजित कोषलाई माइटोसिस भनिन्छ ।
८. एक दिनमा कपाल ०.३ मिलिमिटर र एक महिनामा १ सेन्टिमिटर बढ्छ ।
९. सामान्यतः एउटा वयस्क मानिसको प्रतिदिन ५० देखि १५० सम्म कपाल झर्छ ।
१०. शरीरमा सबैभन्दा छिटो बढ्ने कोषमा मासी पछि कपाल पर्दछ ।
११. एउटा स्वस्थ कपाल भिजेको अवस्थामा त्यसको फैलावट ३० प्रतिशतसम्म बढ्छ ।
१२. आफ्नो जराबाट कपाल झर्ने बित्तिकै नयाँ कपाल बन्ने प्रक्रिया शुरु भइहाल्छ ।
१३. विभिन्न समयमा ९० प्रतिशत कपाल बढिरहँदा १० प्रतिशत कपाल आराम गर्दछन् ।
१४. गर्मी मौसममा कपाल अलि चाँडो बढ्छ भने जाडोमा ढिलो बढ्छ ।
१५. छालाको भित्र तहबाट बाहिर निस्केपछि कपाल मरिसकेको हुन्छ ।
१६. कपालमा शरीरको जानकारी हुन्छ, त्यसैले फोरेन्सिकमा कपाललाई प्रमाण मानिन्छ ।
१७. कुनै पनि कपालको आधारमा मानिसको लिंग छुट्याउन सकिँदैन ।
१८. संसारमा कालो सबैभन्दा बढी वा सामान्यतःया पाइने कपालको रंग हो ।
१९. संसारभर १ प्रतिशत कपालको रंगमात्रै प्राकृतिक रुपमा रातो हुन्छ ।
२०. यसमा ५० प्रतिशत कार्बन,२१प्रतिशत अक्सिजन,१७प्रतिशत नाइट्रोजन,६प्रतिशत हाइड्रोजन र५प्रतिशत सल्फर हुन्छ ।
२१. हत्केला, पैतला, आँखाको ढकनी, ओठ र नाक बाहेक सबैतिर कपाल उम्रन सक्छ ।
२२. कपालले हाम्रो टाउकोलाई चिसोबाट बचाउने काम गर्छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : ०५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै