पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अग्लो ज्वालामुखी पर्वत

सौर्य मण्डलमा सबैभन्दा विशाल ज्वालामुखी पर्वत मङ्गल ग्रहमा छ । सगरमाथा ८.८ किमि अग्लो छ भने त्यो पर्वत सगरमाथाभन्दा तीन गुणा अग्लो अर्थात् २६ कि.मि. अग्लो छ । जसको नाम ओलम्पस मोन्स हो ।

२. बढीकम तापक्रम

सन् १९२२ सालमा लिबिया देशको अजिजियामा मापन गरिएको तापक्रम ५८ डिग्री सेल्सियसलाई हालसम्मकै बढी तापक्रम मानिन्छ भने सन् १९८३ सालमा भोस्टोक, अन्टार्कटिका महादेशमा मापन गरिएको –८९ डिग्री सेल्सियसलाई हालसम्मकै सबैभन्दा कम तापक्रम मानिन्छ ।

३. जेली फिस

जेली फिसको शरीरमा ९५% पानी हुन्छ ।

४. मार्क ट्वेनको जन्ममरण

प्रसिद्ध साहित्यकार मार्क ट्वेनको जन्म हेलिस पुच्छ्रेतारा पृथ्वीदेखि पार भएर गइसकेपछिको रातमा भएको थियो भने मरण पनि पुच्छ्रेतारा पार भएर गइसकेपछिको रातमै भएको थियो ।

५. अण्डाअम्लेट

चीन देशमा एक वर्षमा कुखुराहरुले करिब १ खरब ६० करोडजति अण्डा पार्छन् । यदि ती सबै अण्डाको अम्लेट बनाउने हो भने विश्वका प्रत्येक मानिसहरुलाई १ मिटर व्यास बराबरको अम्लेट पुग्छ ।

साभार  : रोचक तथा ज्ञानवद्र्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि